[अपडेट] श्रीलंकामा बम विस्फाेट, १३५ काे मृत्यु भएकाे पुष्टि

श्रीलंका– आइतबार इस्टरकाे समयमा श्रीलंकाका विभिन्न चर्च र हाेटलमा बम विस्फाेट हुँदा १३५ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ । ४०० भन्दा बढि घाइते भएका छन् । 

काेलम्बाे नेशनल हस्पिटलका डेप्युटी डाइरेक्टरले १३५ जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन् । अस्पतालका अनुसार विस्फाेटमा परि ९ जना विदेशी नागरिककाे पनि मृत्यु भएकाे छ । 

घाइतेहरुकाे काेलम्बाेका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ । अहिलेसम्म प्राप्त जानकारीअनुसार तीन चर्च र काेलम्बाेकाे फाइभ स्टार हाेटलमा समेत गरेर ६ ठाउँमा विस्फाेट भएकाे छ । 

काेच्चादाईस्थित सेन्ट एन्टाेनियाे, बट्टिकाेला र नेगाेंबाे चर्च र काेलम्बाेकाे सांग्रिला स्टार, किंग्सबरी र सिनेमन ग्रान्ड हाेटलमा बम विस्फाेट भएकाे थियाे । 

प्राप्त जानकारीअनुसार काेलम्बाेमा ४७ जना, बट्टिकाेलामा २५ जनाकाे मृत्यु भएकाे छ र नेगंबाेमा कम्तीमा पनि ५० जनाकाे मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ । 

प्रधानमन्त्री रानिल विक्रमासिंघेले सुरक्षाकाे विषयमा छलफल गर्न आपतकालिन बैठक बाेलाएका छन्, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले घटनाकाे अनुसन्धान प्रहरीले गरिरहेकाे र फेक न्युजमा विश्वास नगर्न जनतालाई आग्रह गरेका छन् । 



यी चर्चहरुमा हजाराैंकाे संख्यामा मानिसहरु प्रार्थनाका लागि जम्मा भएका थिए । 

उक्त घटनापछि शहरकाे सुरक्षा बढाइएकाे छ । घटनास्थलमा उद्धार तथा राहत कार्य जारी छ । अहिलेसम्म याे आक्रमणकाे जिम्मा कसैले पनि लिएकाे छैन । 



इस्टर सन्डे इसाई धर्मकाे प्रमुख पर्व हाे । 


  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १३:४४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया