logo-img

अस्ट्रेलियासँग १४८ रनमा रोकियो अफगानिस्तान, कमिन्सको अर्को ह्याट्रिक विकेट

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ मा अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४९ रनको लक्ष्य दिएको छ । सेन्ट भिन्सेन्टस्थित अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो । 

उसका लागि ओपनिङ ब्याटरद्वय रहमानउल्लाह गुर्बाज र इब्राहिम जाद्रानले अर्धशतकीय पारी खेले । ४९ बलको सामना गरेका गुर्बाजले चार चौका र चार छक्कासहित सर्वाधिक ६० रन बनाए । 

यस्तै, जाद्रानले ४८ बलमा ६ चौकासहित ५१ रनको पारी खेले । उनीहरूबीच पहिलो विकेटका लागि शतकीय साझेदारी बन्यो । यस्तै, करिम जनतले १३ रन जोडे । 

अस्ट्रेलियाका लागि तीव्र गतिका बलर प्याट कमिन्सले ह्याट्रिक लिए । जारी विश्वकपमा कमिन्सको यो लगातार दोस्रो ह्याट्रिक विकेट हो । कमिन्सले बंगलादेशसँगको खेलमा पनि ह्याट्रिक लिएका थिए । 



योसँगै उनी टी–२० आईमा लगातार दोस्रोपटक ह्याट्रिक विकेट लिने बलर बने । कमिन्सले आज चार ओभरमा २८ रन दिएर ह्याट्रिक विकेट लिएका हुन् । यस्तै, एडम जाम्पाले दुई र मार्कस स्टोइनिसले एक विकेट हात पारे । 

सुपर–८ को पहिलो खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस पद्धतिमा २८ रनले हराएको थियो । यस्तै, अफगानिस्तान पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो । 



  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया