कोपा अमेरिका २०२४ मा मेक्सिकोले विजयी सुरुवात गरेको छ । आज बिहान सम्पन्न समूह ‘बी’ को खेलमा जमैकालाई १–० ले हराउँदै मेक्सिकोले विजयी सुरुवात गरेको हो ।
एनआरजी स्टेडियममा भएको खेलमा मेक्सिकोको जितमा ग्रेरार्डो आर्टेगाले निर्णायक गोल गरे । खेलको ५०औं मिनेटमा माइकल एन्टोनियोले फ्रि हेडरमार्फत गोल गरेका थिए । तर, भिएआरले उनको गोललाई मान्यता दिएन ।
६९औं मिनेटमा ग्रेरार्डो आर्टेगाले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । उनले लुइस रोमोले दिएको पास सदुपयोग गरे । ग्रेरार्डोको सोही गोल नै मेक्सिकोको जितमा निर्णायक साबित भयो ।
यो जितपछि मेक्सिकोले तीन अंक जोडेको छ । जमैकाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।