२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

७२ जिल्लामा फैलियाे डेंगु संक्रमण, देशभर १२ सय ६८ जना संक्रमित

नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ । पछिल्लाे ४ दिनमा देशभर २० जनामा डेंगु संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएकाे छ ।  


असार ५ गतेसम्म १२ सय ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । त्यसयता २७ जना संक्रमित थपिएका छन् । देशभरका ७७ जिल्लामध्ये ७२ जिल्लाका १२ सय ६८ जनामा डेंगु संक्रमण देखिएको छ । 



डेंगु लागेमा ज्वरो आउने, वान्त हुने, रिँगटा लाग्ने जस्ता लक्षण देखिन्छ । ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेर अर्को व्यक्तिलाई सार्ने गर्छ । 





  • प्रकाशित मिति : ९ असार, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया