logo-img

कोपामा अमेरिकाको विजयी सुरुवात

अमेरिकाले जारी संस्करणको कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा बोलिभियालाई २–० ले हराउँदै अमेरिकाले विजयी सुरुवात गरेको हो ।

अमेरिकाको जितमा क्रिश्चियन पुलिसिक र फोलारिन बालोगुनले १–१ गोल गरे । क्रिश्चियन पुलिसिक खेलको तेस्रो मिनेटमै गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाए ।

४४औँ मिनेटमा फोलारिनले गोल गर्दै अमेरिकालाई २–० को सहज जित दिलाए । यो जितपछि अमेरिकाले एक खेलबाट तीन अंक जोडेको छ । ऊ अहिले समूह ‘सी’ तालिकामा शीर्ष स्थानमा छ ।

पराजित बोलिभिया पुछारमा छ । समूह ‘सी’ अन्तर्गत आजै हुने अर्को खेलमा उरग्वे र पानामा खेल्दै छन् ।   





  • प्रकाशित मिति : असार १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया