युरो कप २०२४ मा जर्मनीले स्विटरल्याण्डसँग १–१ को बराबरी खेलेको छ । यो जितसँगै जर्मनी समूह ‘ए’ को शीर्षमा रह्यो । यस खेलमा स्विटरल्यान्डले डन एनडोयको गोलमा पहिलो हाफमा अग्रता लिएको थियो । तर, उसले त्यसलाई कायम राख्न सकेन ।
स्विटजरल्याण्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल रह्यो । जर्मनीको तीन खेलबाट सात अंक रह्यो ।
यस्तै, स्विटरल्यान्डले तीन खेलबाटै पाँच अंक बटुल्यो । हंगेरी भने तीन अंकमा तेस्रो स्थानमा रह्यो । उसले समूहको अर्को खेलमा स्टकल्याण्डलाई १–० ले हरायो । यो हारपछि स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ ।
हंगेरीको जितमा केभिन सोबोथले निर्णायक गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयको दसौँ मिनेटमा गोल गरेका हुन् । यो जितपछि हंगेरी तेस्रो स्थानमा रहेर उत्कृष्ट चार टिममा परेर नकआउट चरण पुग्ने सम्भावना जीवित छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।