नेकपाले ७७ जिल्लाका अध्यक्ष र सचिवकाे टुङ्गाे लगायाे
तस्वीर: चेतन अधिकारीकाे फेसबुकबाट ।

काठमाडाैं– नेपाल कम्युनिस्ट पार्टीकाे सचिवालय बैठकले ७७ जिल्लाकै कमिटी अध्यक्ष र सचिवकाे टुङ्गाे लगाएकाे छ । 

यसअघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मापदण्डका आधारमा यो टुङ्गो लाग्नु पर्ने बताउँदै आएका थिए । केही दिनयता नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपाका असन्तुष्ट नेताहरुसँग एक्लाएक्लै वार्ता गरेका थिए । 

आइतबार विहान नेकपाका शीर्ष चार नेताले गृहकार्य गरेपछि साँझ सचिवालय बैठक बसेको थियो ।

बैठक सकिएलगत्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्लाको नेतृत्वको टुङ्गो लागेको जानकारी दिएका हुन् । यो सूची सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गरिने श्रेष्ठले बताएका छन् । 

तर, अझै पनि नेकपामा जनवर्गीय संगठन तथा पोलिटब्यूरो सदस्यको नामावली टुङ्गो लाग्न बाँकी छ । यो पनि केही दिनमा सकिने र त्यसपछि कार्यविभाजन हुने श्रेष्ठले जानकारी दिएका छन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २०:२५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया