logo-img

नेकपा एस महाधिवेशन : घनश्याम भूसाललाई झलनाथकाे समर्थन

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पार्टीको १०औँ महाधिवेशनमा अध्यक्ष पदमा नउठ्ने भएका छन् । 

बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनी घनश्याम भूसाललाई समर्थन गर्न सहमत भएका हुन्। उनीहरूबीच एकताबद्ध भएर अघि बढ्ने सहमति भएको हो। आफ्नाे राजनीतिक विचार नै भूसालले बोकेपछि एक भएर अघि बढ्ने निष्कर्षमा पुगेकाे उनले बताए । 

भेटवार्तापछि खनालले भने, ‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकताबद्ध भएर जाने समझदारी भयो । मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो। 



एकीकृत समाजवादीकाे महाधिवेशन यही असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्। खनाल पछि हटेपछि अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने भएको छ। 



  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया