जेट एयरवेजको त्यो अन्तिम उडान

एजेन्सी– भारतमा कुनै समय सबैभन्दा बढी उडान भर्ने जेट एयरवेजले आफ्ना घरेलु तथा अन्तर्राष्ट्रिय सबै उडान बन्द गरेको छ । उसले अन्तिम उडान बुधबार राती गरेको थियो । 

अत्यधिक धेरै ऋणमा डुबेको जेट एयरवेजले तत्कालका लागि कुनै पनि उडान गर्ने छैन । 

यो निर्णय आएपछि जेटको अन्तिम फ्लाइट थियो– नाइन डब्लू ३५०२ । यो उडानले भारतमा अमृतसारदेखि मुम्बईसम्मको उडान भरेको थियो । 

तर, विमानमा भएका कतिपय यात्रुलाई यो अन्तिम उडान भएको थाहा नभएको बिबिसी हिन्दीमा प्रकाशित एउटा फिचरमा जनाइएको छ । तीमध्ये कतिपय यात्री त जेट एयरवेजबाट नै आफ्नो उडान सुरु गरेको बताउँछन् ।

उडानमा सवार यात्रुहरुले जेटका कर्मचारीको विषयमा पनि चासो राखेका छन् । 

त्यही उडानका क्याप्टेनले चाहिँ भनेका छन्, ‘सूर्य फेरि उदाउनेछ ।’



२५ वर्ष पुरानो एयरलाइन्स कम्पनीको अहिले ८ हजार करोडभन्दा धेरै ऋण छ । र, बैंकहरुले उसलाई ४ सय करोड भारतीय रुपैयाँ आपत्कालीन कोष दिन अस्वीकार गरेका थिए । 

त्यसपछि कम्पनीले सटडाउनबाहेक अरु कुनै उपाय नभएको भन्दै कम्पनी बन्द गरेको घोषणा गरेको थियो । 




  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २०:४६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया