logo-img

झलनाथको सचिवालयले भन्यो : घनश्यामसँग मिलेर जान सहमत भएको हो, अध्यक्षमा समर्थन गरिसकेको छैन

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको सचिवालयले आसन्न महाधिवेशनमा महासचिव घनश्याम भूसाललाई अध्यक्षमा समर्थन गर्ने विषयमा समझदारी भइनसकेको जनाएको छ । 

सचिवालयले विभिन्न समाचार माध्यममा आएजस्तो छलफल र निर्णय भइनसकेको बताएको हो । यसअघि सम्मानित नेता खनालले आफ्नो राजनीतिक विचार नै भूसालले बोकेपछि एक भएर अघि बढ्ने निष्कर्षमा पुगेको उनले बताएका थिए । 

नेकपा एस महाधिवेशन : घनश्याम भूसाललाई झलनाथकाे समर्थन

तर, बेलुकी उनको सचिवालयले विज्ञप्ति जारी गर्दै खनाल र भूसालका बीचमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशामा एकमत भएर जाने र बाँकी विषयमा छलफल गर्दै जाने सहमति मात्रै भएको बताएको छ।



खनालको सचिवालयले भनेको छ, ‘आज पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र पार्टीका महासचिव कमरेड घनश्याम भूसालबीच डल्लुमा भेटघाट भयो। भेटका क्रममा दुवै नेताहरूले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई अगाडि बढाउने सम्बन्धमा एकताबद्ध भएर जाने सहमति भएको छ। नेतृत्व निर्माण गर्ने सम्बन्धमा पनि समझदारीपूर्वक अगाडि बढ्ने सहमति भएको छ। अन्य विषयमा आगामी दिनमा थप छलफल गरी निर्णय गरिने पनि समझदारी बनेको छ ।’



  • प्रकाशित मिति : असार १२, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया