एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौटकी बहिनी रंगोली चन्दले आजभोलि बलिउडका कलाकारमाथि खनिन थालेकी छिन् । यसअघि आलिय भट्ट र उनकी आमामाथि कडा आलोचना गरेकी रंगोलीले यसपटक अभिनेत्री दीपिका पादुकोणमाथि निकै कडा आलोचना गरेकी छिन् । यो आलोचना चाहिँ ‘मेन्टल है क्या’ नामको फिल्मको पोस्टरसँग सम्बन्धित रहेर गरिएको आलोचना हो ।
यो सन्दर्भमा आलोचना गर्दै रंगोलीले केही पहिले दीपिका डिप्रेसनमा गएको र अहिले फेरि उनी सम्हालिन थालेको बताएकी छिन् । उनले दीपिकाको मात्र होइन, फिल्मको पनि चर्को आलोचना गर्दै ट्विट गरेपछि यसले भारतीय फिल्म उद्योगमा चर्को बहस निम्त्याएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।