logo-img

एसइई फेल भएकाले साउन १८ र १९ मा फेरि परीक्षा दिन पाउने

माध्यमिक शिक्षा परीक्षा (एसइई) फेल अर्थात् एनजी भएकाले यही साउन १८ र १९ मा परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले २०८० सालको एसइई नतिजा प्रकाशनसम्बन्धी पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।  

आज बिहान सार्वजनिक भएको नतिजाअनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना विद्यार्थी फेला भएका छन् । यसपटक अंग्रेजी, विज्ञान र गणित विषयमा बढी विद्यार्थी फेल भएका छन् ।

परीक्षा बोर्डका अनुसार गणितमा १ लाख ७७ हजार ९ सय ८५ जना, अंग्रेजीमा १ लाख एक हजार ३ सय ८३ जना र विज्ञानमा १ लाख २६ हजार ९ सय ३३ जना परीक्षार्थी फेल भएका छन् । 

त्यस्तै, सामाजिक अध्ययनमा ७३ हजार ८ सय ७७ जना र अर्थशास्त्रमा ६९ हजार ४ सय १६ परीक्षार्थी एनजी भएको बोर्डले जनाएको छ ।  





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया