गर्मीमा अन्डाः खाने कि नखाने ?

एजेन्सी– अन्डाको विषयलाई लिएर विभिन्न किसिमका अफवाहहरु फैलिइरहेका हुन्छन् । गर्मीमा अन्डा खाने कि नखाने भन्नबारे पनि अनेक तर्कना सुन्न सकिन्छ । तर, के अन्डा गर्मीमा खानु ठिक हो कि होइन त ? केही फ्याक्ट्सः

केही बडीबिल्डरहरु चाहिँ काँचो अन्डा दूधमा हालेर खान्छन् । उनीहरु अन्डा उमाल्यो वा पकायो भने प्रोटिन नष्ट हुन्छ भन्ने सोच्छन् । तर, अन्डा सधैं पकाएर नै खानु पर्छ । किनकि अन्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ । र, पकाउँदा यो ब्याक्टेरिया नस्ट हुन्छ । 

अहिलेसम्म गर्मीमा अन्डा खान नहुने भन्ने विषयमा कुनै अध्ययनहरुले नकारात्मक नतिजा पाएका छैनन् । गर्मी हुने अफ्रिकी देशहरुमा पनि दैनिक अन्डा खाइने गरिएको जछ । तर, अन्डा खाँदा पानीको मात्रा कम हुने भएकाले पानी खाने सल्लाह चाहिँ जानकारहरु दिन्छन् ।

त्यसो त अन्डा जुनसुकै समयमा पनि खान सकिन्छ । तर, विहान अन्डा खानुलाई धेरैले राम्रो मान्छन् । 





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २२:१७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया