logo-img

राष्ट्रिय परिचयपत्रविना सिम कार्डदेखि राहदानीसम्म नपाइने (सूचीसहित)

अब राष्ट्रिय परिचयपत्रविना सिम कार्डदेखि राहदानीसम्म नपाइने भएकाे छ । सरकारले सिम कार्ड लिनदेखि अन्य सार्वजनिक सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हाे। 

गृह मन्त्रालयले सो ब्यहोरासहितको सूचना राजपत्रमा प्रकाशित गर्दै मोबाइलको सिमकार्ड लिन समेत राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने नियम बनाएको हो। उक्त नियम आगामी माघ १ गतेदेखिबाट लागु हुनेछ।

त्यसैगरी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी, कम्पनी दर्ता तथा नवीकरण सम्बन्धी, बैंकिङ तथा वित्तीय सेवा सेवा सम्बन्धी, सामाजिक सुरक्षा कोष सम्बन्धी र घरजग्गा किनबेचसम्बन्धी काम गर्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। 

साथै राजस्व सम्बन्धी सेवा, ड्राइभिङ लाइसेन्स र कम्पनी दर्ताका लागि १ साउन २०८१ बाट राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाइएको छ।





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया