काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका ४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याएका छन् । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजा अनुसार सो विद्यालयका विद्यार्थीले उक्त नतिजा हासिल गरेको विद्यालयले जनाएको छ ।
स्वस्तिक अधिकारी, अन्जु भुषाल, आकृति महासेठ र एन्जोन थापा मगरले ४ जिपिएसहित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए ।
देशभरका १८६ जना विद्यार्थीले ४ जिपिए ल्याएकोमा ४ जना विश्वनिकेतन माविका विद्यार्थी रहेका छन् । प्रधानाध्यापक कँडेलका अनुसार ९२ जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने ३.२ देखि ३.५९ जिपिए ल्याउने विद्यार्थीको संख्या ८३ रहेको रहेको छ ।
यसैगरी ५६ जना विद्यार्थीले २.८ देखि ३.१९ जीपीए र १२ जना विद्यार्थीले २.४ देखि २.७९ जिपिए ल्याएको उनले जानकारी दिए । विश्वनिकेत मावि देशभरका उत्कृष्ट सामुदायिक विद्यालयमध्येको एक विद्यालय हो । यहाँ कक्षा १ देखि १२ सम्म करिब ४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।