२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

एसइईमा मनाङबाट सातजना मात्रै उत्तीर्ण

यस वर्षकाे एसइई परीक्षामा मनाङ जिल्लाभरबाट सातजना मात्रै उत्तीर्ण भएका छन् । 


साे जिल्लाबाट ३९ जनाले परीक्षा दिएकोमा ३२ जना अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मनाङले जनाएकाे छ । सातजनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट लोकप्रियबाट १७ जनाले एसइई दिएकामा ४ जना उत्तीर्ण भएका छन् ।  



साे केन्द्रबाट एसइई दिएका जयराम थापाले सबैभन्दा बढी ३.३९ जिपिए ल्याएका छन् । लोकप्रिय माविबाट खुलाबाट तीनजनाले एसइई दिएका थिए उनीहरू तीनैजना अनुत्तीर्ण भएका छन् ।

तल्लो मनाङस्थित नासों गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट १९ जनाले एसइई दिएका थिए । तीमध्ये तीनजना मात्रै उत्तीर्ण भएका छन् । 



माथिल्लो मनाङस्थित अन्नपूर्ण माविबाट १ जनाले एसइई दिएकोमा उनी अनुत्तीर्ण भए । 



  • प्रकाशित मिति : १३ असार, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया