श्रीलङ्का विस्फाेट: ३ डेनिस, ५ बेलायती र कयाैँ अमेरिकीकाे मृत्यु
अर्काे सूचना जारी नभएसम्मका लागि काेलम्बाेमा कर्फ्यू लगाइएकाे छ ।

एजेन्सी– श्रीलङ्कामा आइतबार भएकाे शृङ्खलाबद्ध विस्फाेटमा कम्तिमा पनि २७ जना विदेशी नागरिककाे मृत्यु भएकाे त्यहाँकाे रक्षामन्त्रालयले जनाएकाे छ । 

उता डेनमार्कले आफ्ना तीन नागरिक विस्फाेटमा मारिएकाे जनाएकाे छ । त्यस्तै बेलायतले कम्तिमा पनि ५ बेलायती नागरिक विस्फाेटमा परेकाे जनाएकाे छ । अमेरिकाले भने आफ्ना कयाैँ नागरिक विस्फाेटमा मारिएकाे बताएकाे छ । यसअघि चीनकाे सन्चारमाध्यममा एक चिनियाँ नागरिककाे मृत्यु भएकाे समाचार आएकाे थियाे । 

यी विस्फाेटपछि श्रीलङ्कामा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि कर्फ्यू लगाइएकाे छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २२:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया