ढिलाे आमा हुँदा यी कुरामा ध्यान पुर्याउनुहाेस

आजभोली धेरै महिलाहरु ढिलो आमा बन्न रुचाउँछन् । ३० वर्षको उमेरपछि आमा बन्दा धेरै सजग हुन जरुरी छ । उमेरका कारण अतिरिक्त स्वास्थ्य परीक्षण गराउन चिकित्सकसँग नियमित सम्पर्कमा हुन जरुरी छ । प्रसवको समयमा पनि चिकित्सकको सहयोग अनिवार्य हुन सक्छ । 

जति उमेर बढ्दै जान्छ त्यति नै गर्भवती भएको समयमा जटिलता बढ्ने डरले महिलाहरुलाई धेरै चिन्तित बनाउँछ । तर गर्भवती महिला र परिवारले ध्यान पुर्याउने हो भने बढी उमेरमा पनि सहज रुपमा बच्चाको जन्म हुन्छ । तर यस समयमा केही कुरामा भने ध्यान पुर्याउन जरुरी छ । 

१) मधुमेहको खतरा 

गर्भाधानका लागि ३० वर्ष भन्दा कम उमेरलाई उपयुक्त मानिन्छ । जति उमेर बढ्दै जान्छ त्यसकै मात्रामा महिलाको शरीरमा आउने परिवर्तनले जटिलता बढाउँछ । ३५ भन्दा बढी उमेरमा गर्भाधारण गर्दा मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याका कारण जोखिम अत्याधिक रहन्छ । यसले गर्भावस्था तथा डेलिभरीलाई समेत प्रभावित गर्न सक्छ । बढी उमेरमा गर्भवती हुँदा गर्भपतन हुने सम्भावना धेरै रहन्छ । यसकारण रक्तचाप तथा मधुमेह सम्बन्धी समस्यामा धेरै सजग रहन आवश्यक छ । 

२) धेरै हेरचाहको जरुरत 

बढी उमेरमा बच्चा जन्माउँदा विभिन्न समस्याहरु आउन सक्छ भनेर डराउनु पर्दैन । जसका लागि अतिरिक्त हेरचाहको जरुरत पर्छ । धेरै समयमा चिकित्सकको सम्पर्क रहनुपर्छ, परिवारको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ । 



३) शिशुमा असर 

४५ वर्षको उमेरको वरिपरि बच्चा जन्माउँदा एक स्वस्थ बच्चा जन्माउन सक्ने सम्भावना १०० प्रतिशत रहन्छ । तर पनि बच्चामा पछि समस्या देखिन सक्छ । यसमा डाउन सिन्ड्रोमको अवस्था देखिन सक्छ । सबै गर्भवती महिलालाई डाउन सिन्ड्रोमको अवस्थालाई स्क्रीनिङ्ग टेस्ट गराउन आवश्यक रहन्छ । यो परीक्षण गर्दा केही समस्या देखिए तत्काल चिकित्सकको सल्लाहालाई अनुशरण गर्नुपर्छ ।



शिशुको स्वास्थ्यमा समस्या देखिन सक्ने अनुमान गर्ने समयमा आफ्नो स्वास्थ्यको पनि उत्तिकै ध्यान पुर्याउन जरुरी छ । 

४) शल्यक्रियाको आशंका 

लेट प्रेग्नेन्सीमा प्रसवको समयमा शिशुको अवस्था सामान्य भन्दा फरक हुन सक्छ । उक्त अवस्थामा शल्यक्रिया गरेर शिशुको जन्म गराउनुपर्ने हुन्छ । विशेष गरी यो समस्या आमाको उमेर धेरै भएको समयमा देखिन सक्छ । एक अध्ययनका अनुसार १५ देखि २४ वर्षका महिलाको तुलनामा २५ देखि २९ वर्षका महिलामा अपरेशनको सम्भावना १.८ गुणा बढी रहन्छ ।

३० देखि ४० वर्षका महिलामा यो सम्भावना ४ गुणाले बढी रहन्छ । ढिलो आमा बन्ने महिलामा फेटल डिस्ट्रेस हुन्छ, जसका कारण डेलिभरीको समयमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । 

  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २३:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया