logo-img

सामुदायिक पुस्तकालय सङ्घको माग : प्रदेश र स्थानीय तहमा पुस्तकालय रेखदेख गर्ने कर्मचारी राखियोस्

नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग गरेको छ । दुई दिनसम्म सञ्चालन भएको सङ्घको बागमती प्रदेश सम्मेलनले सो मागसहित १५ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनबाट पारित घोषणापत्रमा प्रदेश सरकारको पुस्तकालय हेर्ने मन्त्रालयमा पुस्तकालय विज्ञान समूहको कम्तीमा अधिकृत सरहको र स्थानीय तहमा राजपत्र अङ्कित प्रथम श्रेणी वा सोसरहको कर्मचारीको अनिवार्य व्यवस्था गर्न माग गरिएको हो । साथै सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालन गर्न पुस्तकालय तथा सूचना विज्ञान विषयमा कम्तीमा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको कर्मचारी अनिवार्य राख्न हरेक स्थानीय तहसँग माग गरिएको छ ।

यस्तै, पुस्तकालय ऐन बनाउन, पठन संस्कृतिको विकास गर्न, पुस्तकालयका लागि अन्तरपुस्ता ज्ञान आदानप्रदान गर्नेलगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । 

सम्मेलनले बागमती प्रदेश कमिटी समेत चयन गरेको । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा उक्त सम्मेलन आयोजना गरिएको हो ।  





  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया