के तपाईलाई पनि एक दिनमा ९७ पटक चिलाउँछ ?

एजेन्सी– सबैलाई चिलाउँछ, तर कति मानिसलाई थाहा छ, खासमा किन चिलाउँछ भनेर ? मानव विज्ञानका यो एउटा यस्तो कुरा हो जसलाई सबै भन्दा कम महत्व दिइएको छ । आज हामी तपाईलाई चिलाउनु पछाडिको विज्ञानको वारेमा रोचक तथ्यको कुराहरु बताउने छौं जसले किन चिलाउँछ भनेर बुझ्न सजिलो हुनेछ ।

सामान्यतयाः एक दिनभर ९७ पटक चिलाउँछ । लिभरपुल विश्वविद्यालयका प्रोफेसर यामसी फ्रेन्सीसले ‘लामखुट्टे, किराफट्यांग्रा र वोट विरुवाले छालामा टक्सिन छाड्छन ।’ यो टक्सिनले गर्दा शरिरको इम्यन सिस्टमबाट हिस्टामिनको उत्पन्न हुन्छ । यसो हुनाले मस्तष्किलाई चिलाउनलाइै सिग्नल मिल्छ, जसले गर्दा हामीलाई चिलाउन सुरु हुन्छ ।

अलग नर्भ र टिस्यु जिम्मेवार

सन् १९९७ मा चिलाउने विज्ञानमा ठुलो अनुसन्धान भएको थियो । पहिले चिलाउनुमा यस्तो विश्वास थियो कि छालामा हुने चोटपटकले गर्दा हुने दुखाई र छालामा हुने एलर्जी दुबै एकै तरीकाको प्याटर्नले हुन्छ । तर पछि १९९७ मा भएको चिलाउने सम्बन्धी भएको अनुसन्धानले चिलाउने विज्ञानका लागी नर्भ र टिस्यु दुवै जिम्मेवार हुने कुरा पत्ता लगायो । 

कन्याउनाले कसरी आनन्द प्राप्त हुन्छ ?

कन्याएपछि सिरोटोनिन भन्ने हर्माेन उत्पन्न हुन्छ, जसको उत्पन्नताले हामीलाई आराम मिल्छ । कन्याएर सबैभन्दा ज्यादा आराम गोलिगाँठालाई मिल्छ । तरपनि, कन्याएर किन आराम मिल्छ ? यस पछाडी कस्तो र के विज्ञान छ ?  



कन्याउनुको सबैभन्दा रमाइलो र रोचक पक्ष के छ भने, जति धेरै हामी कन्याउँछौ त्यति धेरै चिलाउँछ ।



  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २३:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया