काठमाडौंका २६ वर्षीय सुनिल खड्का कमेडी च्याम्पियन सिजन–३ को विजेता बनेका छन्। शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्।
काठमाडौंका खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए।
ग्रान्ड फिनालेमा ऋषभ काफ्ले फर्स्ट रनरअप बने भने सुयशा खनाल सेकेन्ड रनरअप बनेकी छिन्।
उपाधिसँगै सुनिलले नगद २५ लाख रुपैयाँ र कार पाएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।