भारतीय टिमका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिएको घोषणा गरेका छन् । शनिबार भारतले विश्वकप उपाधि जितेलगत्तै उनले टी–२० आई क्रिकेटबाट बिदा लिएको घोषणा गरेका हुन् ।
विराटले टी–२० आईमा कुल १२५ म्याच खेले, जसमा उनले ४ हजार १८८ रन बनाए । त्यसक्रममा कोहलीले ३८ अर्धशतक र एक शतक हिर्काए । उनले फाइनलमा ७६ रनको उत्कृष्ट पारी खेले । कोहली ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
भारतलाई सात रनले जिताउन उनको इनिङ महत्वपूर्ण रह्यो । भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । उसले पछिल्लोपटक सन् २००७ मा टी–२० विश्वकपको विश्वकपको उपाधि जितेको थियो ।
दक्षिण अफ्रिकाको सपना भने अधुरै रह्यो । फाइनलमा भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।