एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड इन्स्युरेन्स सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त सेवाको शुभारम्भ गरिएको हो ।
डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौँ ग्राहकमा गतिशील बैंकिङको अभ्यास गर्दै आइरहेको र डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्ने बैंकले विज्ञप्तिमार्फत जनाएकाे छ ।
बैंकका प्रमुख सूचना अधिकारी एवं सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनियाका अनुसार जसमा अत्याधुनिक सुरक्षा प्रविधि (EMV Chip) तथा अत्याधुनिक Contactless प्रविधि समेत प्रयोग गरिएको छ । यस कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट ATM withdrawal को साथमा POS तथा ई–कमर्श भुक्तानीलगायतको सुविधा उपभोग गर्न सक्नेछन् ।
‘डिजिटल फष्ट’ बैंकको रुपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टरकार्डबीचको सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ । एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।
एनआईसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन सफल भएको बैंकले जनाएकाे छ । बैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ७ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा मात्रै ३ अर्ब ६१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन सफल भएको बैंकले जनाएकाे छ ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जनाएकाे छ ।
देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको बैंकले जनाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।