दिल्ली– भारतीय अर्थमन्त्री अरुण जेट्ली याैन दुर्व्यवहारकाे आराेप लागेका भारतका प्रधानन्यायाधीश रन्जन गाेगाेईकाे बचाउमा लागेका छन् । इन्डियन एक्सप्रेसले लेखेकाे समाचारअनुसार जेट्लीले गोगोईकाे बचाउ गर्दै ब्लग लेखेका छन् ‘याे न्यायपालिकाकाे साथमा उभिने समय हाे ।’
उनले ब्लगमा लेखेका छन् ‘एक न्यायाधीशकाे न्यायिक र व्यक्तिगत व्यवहारकाे लगातार परीक्षा भइरहन्छ । उनीहरुले जब कुनै फैसला लेख्छन् वा कुनै टिप्पणी गर्छन्, उनीहरुमाथि सबैकाे नजर हुन्छ । शालिनता, मूल्य, आचारव्यवहार र इमान्दारीकाे विषयमा प्रधानन्यायाधीश उच्च सम्मानित छन् ।’
भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रन्जन गोगोईमाथि उनकी पूर्वसहयोगीले यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।
उनले सर्वाेच्च अदालतका २२ न्यायाधीशलाई चिठ्ठी लेखेर यी आराेपकाे जाँच गर्न विशेष कमिटी बनाउन माग गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।