बैंग्लोरविरुद्ध ८४ रन हान्दा धोनीले बनाए दुई रेकर्ड
४००० रन बनाउने पहिलो कप्तान, २०० छक्का हान्ने पहिलो भारतीय

नयाँदिल्ली– चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी आइपिएलमा २०० छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध गएरातिको खेलमा उनले यो रेकर्ड बनाएका हुन् । योसँगै, १८४ खेलबाट धोनीले २०३ छक्का प्रहार गरेका छन् । 

बैंग्लोरविरुद्ध ८४ रन हान्ने क्रममा धोनीले कप्तानका रुपमा ४ हजार रन पनि पूरा गरे । आइपिएलमा ४ हजार रन हान्ने उनी पहिलो कप्तान हुन् । अहिलेसम्म धोनीले १६६ म्याचमा कप्तानी गर्दै ४,०४० रन बनाएका छन् । 

समग्रमा सबैभन्दा धेरै छक्का प्रहार गर्नेमा धाेनी तेस्रो स्थानमा छन् । उनीभन्दा अघि ३२३ छक्कासहित क्रिस गेल र २०४ छक्कासहित एबी डी भिलियर्स छन् । 

४८ बलमा धोनीको अविजित ८४ रनका बाबजुद चेन्नाईले बैंग्लोरलाई हराउन भने सकेन । 





  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १३:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया