पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिएको छ । सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रस्टीकरण दिनुपरेको छ ।
‘आज मिति २०८१।०३।१७(जुलाई ०१, २०२४)का दिन केही अनलाइन पत्रिका र गलत मनसायका व्यक्तिले बदनीयतपूर्वक सामाजिक सञ्जालमा करिब मितिको समयमा ‘तारा एअरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहीन’ भनी गलत समाचार तथा पोस्टहरू हालिएको पाइएकाले उक्त गलत र भ्रमपूर्ण समाचार सत्य नभएकाले कृपया त्यस्ता गलत र भ्रमपूर्ण समाचार पछि नलाग्न सम्पूर्ण सरोकारवालामा अनुरोध गरिन्छ,’ तारा एअरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यता, पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा रहेको र कर्मचारीहरू अतालिएका थिए । तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।