logo-img

माधव नेपालकाे प्रतिवेदन : कांग्रेस पुँजीवादी, एमाले दक्षिणपन्थी अवसरवादी (पूर्णपाठ)
माओवादी सैद्धान्तिक अन्योलमा, रास्वपा दर्शन, सिद्धान्त, विचार र कार्यदिशाविहीन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा संसद्‌मा प्रतिनिधित्व गर्ने विभिन्न दलप्रति पार्टीकाे धारणा उल्लेख गरेका छन् । 

उनले संसदकाे सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई यथास्थितिमा रमाउने पार्टीको संज्ञा दिएको छ । 'कांग्रेस पुँजीवादी चरित्रको पार्टी हो । नवउदारवादको पक्षपोषण गर्ने यस पार्टीले दलाल–नोकरशाही पुँजीपति वर्गको समेत हित प्रतिनिधित्व गर्दछ ।' 

प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र लोकतन्त्र एवं गणतन्त्र प्राप्तिको संघर्षमा सकारात्मक भूमिका निर्वाह गरेको यो पार्टी यथास्थितिमा रमाउने गरेको उनकाे प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै, उनले नेकपा (एमाले)लाई दक्षिणपन्थी अवसरवादी प्रवृत्ति भएको पार्टीको संज्ञा दिएका छन् । 'मुलुकमा जनवादी क्रान्ति सम्पन्न भइसकेको अवस्थामा समाजवादी कार्यक्रम र कार्यदिशा अंगाल्नुपर्नेमा त्यसो गर्न नसकेको हुनाले यस पार्टीको विचार र व्यवहार दुवै दक्षिणपन्थी भएको स्पष्ट हुन्छ,' नेपालकाे प्रतिवेदनमा उल्लेख छ । संविधानको मूल मर्म र भावनामाथि प्रहार गर्न पछि नपरेको यो पार्टी नीति प्रधान नभएर नेता प्रधान हुँदै गएको उनकाे धारणा छ ।

त्यस्तै, उनले सत्तारुढ नेकपा (माओवादी केन्द्र) सैद्धान्तिक अन्योलतामा फसेको निष्कर्ष निकालेका छन् । 'सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्तिप्रक्रिया हुँदै अहिलेसम्म आउँदा रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको छ । नेकपाको विभाजनपछि फेरि माओवादी अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्योलमा फसेको छ,' प्रतिवेदनमा भनिएको छ । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुँजीवादी चरित्रको पार्टी भएको प्रतिवेदनमा जनाइएको छ । यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको उल्लेख छ । त्यस्तै, संविधान, गणतन्त्र र संघीयताप्रति पनि दृष्टिकोण नदेखिएको अध्यक्ष नेपालको ठम्याइ छ । 



राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सामन्ती तथा दलाल–नोकरशाही पुँजीवादी चरित्रको पार्टी रहेको प्रतिवेदनमा उल्लेख छ । 



  • प्रकाशित मिति : असार १७, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया