सानो मिहिनेत र संकल्पले पार्टी एकता भएको होइन : प्रचण्ड

काठमाडौं– तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको एक वर्ष नाघिसक्दा पनि जनबर्गीय संगठन मिलाउन नेकपालाई हम्मे–हम्मे पर्यो । लामो कसरतपछि विभिन्न जिल्ला नेतृत्व टुंगो लागेको छ । 

नेकपाले कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सानो मेहनत, सानो संकल्प, सानो पहलले पार्टी एकता नभएको बताए । उनले समयमा नै पार्टी एकता टुंगोमा पुर्याउन दबाब र शंका उत्पन्न भएको बताए ।

प्रचण्डले पार्टी एकताको मुख्य गाँठो जिल्ला कमिटी रहेको, तर त्यो फलामको ढोका अब फोडिएको बताए । ‘हामीले मिसन पूरा गरेका छौँ,’ उनले भने, ‘गत जेठमा जे–जस्ता सहमति–समझदारी भएका थिए, त्यसमा नै टेकेर पार्टी एकता गर्यौं । गुटगत भागबन्डाबाट माथि उठेर, सिद्धान्तमा टेकेर पार्टी एकता गरिएको उनको जिकिर थियो ।

अबको ८ महिनाभित्रमा प्रदेशको अधिवेशन र एक वर्षभित्रमा महाधिवेशन गर्ने सहमति भएको बताउँदै प्रचण्डले व्यापक बहस गर्दै पार्टीलाई अघि बढाएको बताए । पार्टीभित्र आफूले धेरै फोहोर देखेको बताउँदै उनले भने, ‘७० वर्षदेखि फोहोर थुप्रिएको रहेछ । अब नयाँ जोस जागरका साथ अगाडि बढ्नुपर्छ ।’ 

नेपालको कम्युनिस्ट आन्दोलन संसारकै लागि उदाहरण रहेको उल्ले गर्दै प्रचण्डले अब कम्युनिस्ट आन्दोलनललाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । 





  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १४:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया