ओलीले भाषण सुरु गरे, माधव नेपाल मञ्चबाट हिँडे

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अन्य वक्ताले बोलिसकेपछि प्रधानमन्त्री ओलीको पालाे राखिएको थियो । ओलीले सम्बोधन गर्दै गर्दा नेपाल मञ्च छाडेर हिँडेका हुन् । 

दुई पार्टी एकताका सन्दर्भमा जिल्ला नेतृत्व चयनका क्रममा ओली र नेपालबीच मतभेद रहँदै आएको थियो । नेपालले ओलीको भाषण बहिष्कार गर्नुलाई त्यसैको उपज भएको आशंका गरिएको छ ।  

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आज विशेष खुसीको दिन भएको बताए । पार्टीले वास्तविक लोकतान्त्रिक स्थापना गरेको र राष्ट्रियताको रक्षा गरेको उनको दाबी छ । उनले शंका नगरी खुसी हुन कार्यकर्तालाई आग्रह गरे । 

उनले प्रतिक्रियावादीहरूको हमलालाई जवाफ दिँदै पार्टी एकता गरिएको बताउँदै ओलीले एमाले र माओवादी केन्द्रलाई आधार मानेर साना–साना कम्युनिस्ट पार्टी पनि अघि बढेको बताए । नेपाली कांग्रेसले प्रतिक्रियावादीसँग साँठगाँठ गरेको आरोप लगाउँदै आृलीले कांग्रेसले लोकतान्त्रिक शक्तिसँग एकता गर्नुपर्नेमा उसले राजतन्त्र फर्किन्छ भनेर बोल्दै हिँड्दा आफूलाई उदेक लागेको बताए । 

नेपालको अन्तर्राष्ट्रिय दृष्टिकोण सही रहेको बताउँदै उनले नेपालको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्न आग्रह गरे । राष्ट्रबाट पृथकतावादी आन्दोलन सधैँको लागि अन्त्य भएको बताउँदै ओलीले पृथकतावादी आन्दोलन गर्नेहरू छटपटाउन थालेको बताए । 

आफूहरू गरिबी अन्त्य गर्ने अभियानमा रहेको उल्लेख गर्दै ओलीले भने, ‘यसको नेतृत्व नेकपाले लिएको छ । हाम्रो पार्टीले लिएको छ । साना कुरामा अल्झिएर होइन, समृद्धितर्फ अघि बढ्नुपर्छ ।’ लगानी सम्ेलनका क्रममा अपेक्षा गरेभन्दा बढी लगानी भित्रिएको ओलीको दाबी छ । 



देश समृद्धिको दिशामा अघि बढेको बताउँदै उनले भेरी–बबई पुल उद्घाटन, जेष्ठ नागरिक बैंक खाता, विद्यार्थी भर्ना अभियान त्यसको प्रमाण भएको बताए ।  ४० वटा तुईन विस्थापित भएको र एकवर्षभित्रमा ४०० वटा झोलुंगे पुल बनेको उनको दाबी थियो । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओली ज्योतिषीहरूमाथि पनि खनिए । ‘कतिपयले पार्टी एकता हुँदैन, फुट्छ भने, जोतिषीले पनि यो महिनामा, त्यो महिनामा फुट्छ भने,’ नेकपाको भविष्य राम्रो नरहेको भन्ने ज्योतिषीको भनाइ उद्धेत गर्दै उनले भने, ‘पार्टी मिल्छ भन्ने किन थाहा पाएन जोतिषीले ? आफूहरू जोतिषी भविष्यवाणीभन्दा माथि जनताको साथ लिएर अगाडि बढेको उनको भनाइ थियो । 



सरकारले भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने बताउउँदै प्रधानमन्त्री ओलीले सुन तस्करहरू आउने प्वाल सरकारले टालेको बताए ।

सम्बोधनको अन्त्यमा ओलीले प्रचण्डको पनि प्रशंसा गरे । प्रचण्डले त्याग नगरेको भएर छलाङ नमारेको भए पार्टी एक हुन नसक्ने उनको भनाइ थियो । 

  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १५:३१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया