आठौँ राष्ट्रिय खेलकुद : पौडीमा गौरिका र नाथन दोर्जेले पाए स्वर्णपदक

बाँके– नेपालगन्जमा जारी आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा गौरिका सिंह र नाथन दोर्जे शेर्पाले व्यक्तिगत तेस्रो स्वर्ण जितेका छन् । पौडीअन्तर्गत त्रिभुवन आर्मीकी खेलाडी गौरिकाले ४०० मिटर फ्रिस्टायल र एनआरएनएका नाथन दोर्जे शेर्पाले ४०० मिटर फ्रिस्टायलमा स्वर्णपदक जितेका हुन् ।

गौरिकाले सोमबार ४ सय मिटर फ्रिस्टाईलमा डुआना लामालाई पछि पार्दै तेस्रो स्वर्ण पदक जितेकी हुन् भने नाथन दोर्जे शेर्पाले एपिएफका नासिर हुसेनलाई पछि पार्दै स्वर्णपदक जितेका हुन् । सोमबार बिहान भएको प्रतिस्पर्धामा स्वर्ण जितेपछि दुवैको व्यक्तिगत स्वर्ण संख्या ३ पुगेको छ । 

गौरिकाले ४ मिनेट ४४.८१ सेकेन्डमा दूरी पूरा गर्दा डुआनाले ४ मिनेट ५०.४७ सेकेन्डमा दूरी पूरा गरिन्। कास्य पदक जितेकी एपिएफकी टिशा शाक्यले ५ मिनेट १२.४ सेकेन्डमा दूरी पार गरिन् । 

स्वर्णविजेता शेर्पाले ४ मिनेट ३३.९ सेकेन्डमा दूरी पूरा गरेका थिए । हुसेनले ४ मिनेट ३९.४७ सेकेन्डमा दूरी पार गरे भने एपिएफकै उर्गेन महर्जनले ५ मिनेट १.५० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्य जिते ।





  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १६:४२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया