आफ्नो एकवर्षे कार्यकाल सफल भएको महानिरीक्षक खनालको दाबी

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो एकवर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा सोमबार एकवर्षे प्रगतिबारे जानकारी दिँदै खनालले आफूले कसैको चित्त दुखाउने गरी कार्यकाल नबिताएको दाबी गरे । 

आफ्नो कार्यकाल नसकिएको र कार्यकालमा भएका केही घटनाको अनुसन्धान टुंगोमा पुर्याउन लागि परेको महानिरीक्षक खनालले  बताए । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या अनुसन्धानमा प्रहरी लागिपरेको उनको भनाइ थियो । 

‘आइजीको समय सकिएको छैन । बाँकी छ, निर्मला पन्तको विषयमा जसरी केही आएको छैन भनिएको छ, लागि परिरहेका छौँ, केही प्रहरीको गल्तीका कारण अनुसन्धान प्रभावित भएको उल्लेख गर्दै महानिरीक्षक खनालले भने, ‘केही गाह्रो पनि भयो । प्रहरीबाट कमजोरी भएकाले कारबाही पनि गर्यो, अपराधीले मुक्ति पाउनेछैन ।’

आफ्नो एकवर्षे कार्यकालमा गुन्डागर्दी नियन्त्रण, शान्तिसुरक्षा कायम, अन्तरार्ष्ट्रिय स्तरमा प्रहरीको सम्बन्ध विकासलगायत काममा सफलता हात पारेको खनालको दाबी थियो ।





  • प्रकाशित मिति : बैशाख ९, २०७६ साेमबार १७:४५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया