logo-img

रास्वपा बैठक लाइभ गर्दैनौँ, महामन्त्रीको प्रस्तावमाथि छलफल हुन्छ : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले  केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् । बुधबार रास्वपा केन्द्रीय बैठकपश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरू हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्वीकार गरेको बताए । 

उनले भने, ‘महामन्त्रीले प्रतिवेदन वाचन गर्नुभएको छ, त्यसमाथि छलफल हुन्छ । कहीँ रोकिएको छैन । तर लाइभको कुरा अलिक भिन्न छ । राजनीतिमा रूपमा धेरै कुराहरू संवेदनशील हुन्छन् । भूराजनीतिक सम्बन्धी कुराहरू साथै व्यक्तिगत स्टेट्मेन्ट हुन सक्छन् । यस्ता कुराहरूको जोखिम हामी मोल्न सक्दैनौँ । पहिला छलफल गरौँ अनि मात्र लाइभ गरौँ भनेर राजनीतिक र व्यवहारिक रूपमा हेरेका हौँ । सभापतिले त्यसमा सहमति जनाउनु भए पनि त्यो उहाँको व्यक्तिगत कुरा  हो । प्रस्तावमाथि भने केन्द्रीय समितिमा छलफल हुन्छ ।’

उनले पार्टीमा कुनै पनि प्रकारको गुटबन्दीहरू नभएको भन्दै आवश्यक समय दिएर महामन्त्रीको प्रतिवेदनमाथि छलफल हुने बताए । 

उनले भने, ‘आजको बैठकमा हामीले एउटा मात्र एजेन्डामा छलफल गरिरहेका छौ त्यो महामन्त्रीको प्रतिवेदन हो । प्रतिवेदनमाथि छलफल हुन्छ । प्रतिवेदन एकैपटकमा अभ्यासमा ल्याउन सकिँदैन । तर अरू पार्टीभन्दा रास्वपाको महामन्त्री के कुरामा भाग्यमानी हुनुहुन्छ भने विधान, राजनीतिक प्रस्तावना सबै उहाँले नै लेख्नु भएको हो र उहाँले नै अभ्यास गर्नु भएको छ । हामी गुटबन्दीमा पनि छैनौँ । आवश्यक समय दिएर उहाँको प्रतिवेदनमाथि छलफल भएको छ ।’ 





  • प्रकाशित मिति : असार १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया