नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको हो ।
बिहीबार प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीको अनुपस्थितमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र उनको सचिवालयमा बुझाएका छन् ।
एमालेको तर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीहरू आन्तरिक मामिला मन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।