प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले असार २८ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिनका लागि उनले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाएका छन् ।
‘मेरो नेतृत्वमा संवत् २०७९ पुस ११ गते गठित सरकारमा सहभागी दलहरुमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्री दाहालले लेखेको पत्रमा भनिएको छ ।
नेकपा एमालेले माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेपछि प्रचण्ड सरकार अहिले अल्पमतमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।