२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

ओलीलाई बालेनको अर्को झटारो : गिरिबन्धुमा १५ हजार सुकुम्बासी व्यवस्थापन गर्नुस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पुनः गिरीबन्धु चिया बगानको विषय जोडेर कटाक्ष गरेका छन्। 

शनिबार बेलुका फेसबुकमा स्टाटस लेख्दै उनले नदीकिनारमा रहेका सुकुम्बासीको व्यवस्थापनका लागि सोच्न आग्रह गरेका छन् । ‘काठमाडौंमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईंले पचाउन खोज्नुभएको गिरिबन्धुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ,’ उनले लेखेका छन्, ‘अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाइ बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’



यसअघि बालेनले झापाको गिरीबन्धु टिस्टेटको सरकारी जग्गा घोटला प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै ओलीलाई यस्तो चेतावनी दिएका थिए।





  • प्रकाशित मिति : २२ असार, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया