शुक्रबार रातिदेखि जारी अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन् । ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा छ भने वागमती नदी किनारका सुकुम्बासी वस्तीमा बाढी पसेको छ । जसका कारण सर्वसाधारणको बिचल्ली भएको छ ।
त्यस्तै, भक्तपुरको मनोहरा किनार, ललितपुर र काठमाडौंको बागमती किनारमा सबैभन्दा धेरै बाढीको असर देखिएको छ । बागमती करिडोरबाट आवतजावत गर्न कठिनाइ भएको छ ।
विशेषगरी नदी किनारमा रहेका सुकुम्बासीको घरटहरा डुबानमा छन् । बल्खुस्थित तरकारी बजारपनि बाढीको चपेटामा छ । शनिबार दिनभर उपत्यका वर्षाका कारण प्रभावित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।