तारा एयर दुर्घटनापछि अवरुद्भ भएकाे रामेछाप विमानस्थल सञ्चालन

रामेछाप – साेमबार तारा एयर दुर्घटना भएपछि अवरुद्ध भएकाे रामेछाप विमानस्थल मंगलबार बिहानबाट सञ्चालन भएकाे छ । 

दुर्घटनाग्रस्त तारा एयरको विमान विमानस्थलबाट हटाएपछि आज बिहानैदेखि उडान र अवतरण हुन थालेकाे छ । 

काठमाडौंबाट लुक्ला जान लागेकाे तारा एयरको विमान नाईन एन एकेके कलसाइनको डोर्नियर विमान सोमबार अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर विमानस्थलमै अड्किदा दिनभर विमानस्थल अवरुद्ध भएकाे थियाे । 

मौसम प्रतिकुल भएपछि डाईभर्ट भएर विमानस्थलमा अवतरण गर्न लाग्दा विमानस्थलभन्दा बाहिरैदेखि ठाेक्किँदै धावनमार्गमा पसेकाे थियाे । विमानमा सवार १४ यात्रु र चालक दलका ३ सदस्य सकुशल छन्।





  • प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार ११:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया