logo-img

बाढी-पहिरोबाट देशभर ७० जनाको मृत्यु, ८६ जना घाइते [विवरणसहित]

अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा गएको पहिरोमा परी ७० जनाको मृत्यु भएको छ भने ८६ जना घाइते भएका छन् ।

विगत २४ घण्टायता मात्र ५२ जनाभन्दा बढीको ज्यान बाढी पहिरोले लिएको छ । नेपाल प्रहरीका अनुसार निरन्तरको वर्षाले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढी–पहिरोले जनधनको व्यापक क्षति भएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल बर्षाका कारण पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण हालसम्म ८६ घरमा ठूलो क्षति भएको छ । 

यस्तै वर्षाका कारण ३३५ पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  हालसम्म अविरल बर्षा, पहिरो, चट्याङ तथा बाढी गएको ठाउँमा ४ हजार ७ सय ९० जना प्रहरी परिचालन गरिएका छन् । 

साथै बाढी र पहिरोका कारण पछिल्लो दुई दिनमा ९ करोड ५६ लाख ७४ हजार २ सय  ५० रूपैयाँ क्षति भएको  प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : असार २४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया