राप्रपालाई सञ्चारमन्त्रीकाे चेतावनी : राजतन्त्र फर्काउन खोज्नेलाई कानुनले ठीक पारिन्छ

काभ्रेपलाञ्चोक– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजतन्त्र फर्काउन खोज्नेलाई कानुनले ठीक पार्ने चेतावनी दिएका छन् । इतिहासले किनारा लगाएका तत्व फेरि सल्बलाए भने कानुनले ठीक पारिने उनको भनाइ छ । 

जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा बोल्दै उनले प्रगति र सुशासनलाई अवरोध पुर्याउन धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको बताए । हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापनाको माग राख्दै आन्दोलन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति इंगित गर्दै मन्त्री बास्कोटाको यस्तो बताएका हुन् । 

प्रतिक्रियावादीले चियाको कपमा तुफान ल्याउन खोजेको भन्दै मन्त्री बास्कोटाले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गरे । 





  • प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार १५:३५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया