पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् पूर्वमन्त्री रामकृष्ण ताम्राकारको मंगलबार निधन भएको छ । उपचारका क्रममा ललितपुरस्थित अल्का अस्पतालमा उनको निधन भएको हो ।

उनी पटक–पटक रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । ताम्राकारको निधनपछि कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

ताम्राकारको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसका नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिइरहेका छन् । 





  • प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार १८:३६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया