logo-img

क्यानडाविरुद्ध अर्जेन्टिनालाई २-० को अग्रता, मेस्सीको पहिलो गोल
फाइल तस्बिर

४८औं संस्करणको कोपा अमेरिका फुटबलको पहिलो सेमिफाइनलमा क्यानडाविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता लिएको छ ।

अमेरिकाको मेटलाइफ स्टेडियममा जारी खेलमा कप्तान लिओनल मेस्सीले ५१औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका हुन् । उनले एन्जो फर्नान्डेजको पासमा सुन्दर गोल गरे । जारी कोपामा मेस्सीको यो पहिलो गोल हो । 

जारी खेलको पहिलो हाफमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले खेलको २२औँ मिनेटमा रोड्रिगो डी पउलको असिस्टमा सहज गोल गरेका हुन् ।   

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल खेलिरहेको हो ।

यस्तै, क्यानडाले पनि क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमै हराएको थियो । ऊ पहिलोपटक सेमिफाइनल खेलिरहेको हो ।   





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया