logo-img

क्यानडाविरुद्ध सहज जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

उपाधि दाबेदार अर्जेन्टिना ४८औं संस्करणको कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० ले हराउँदै अर्जेन्टिना अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।

ऊ ३०औँ पटक कोपाको फाइनलमा प्रवेश गरेको हो । क्यानडाविरुद्धको सेमिफाइनलमा भिडन्तमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र कप्तान लिओनल मेस्सीले १–१ गोल गरे ।   

अमेरिकाको मेटलाइफ स्टेडियममा भएको खेलमा २२औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डी पउलको असिस्टमा सहज गोल गरेका हुन् ।   

कप्तान मेस्सीले ५१औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई २–० ले अघि बढाए । उनले एन्जो फर्नान्डेजको पासमा गोल गरेका हुन् । जारी कोपा अमेरिकामा मेस्सीको यो पहिलो गोल हो ।  



पहिलोपटक सेमिफाइनल खेलेको क्यानडाले अर्जेन्टिनाविरुद्ध गोलको केही अवसर प्राप्त गरे पनि ऊ फिनिसिङमा चुक्यो । क्यानडाले क्वाटरफाइनलमा भेनेजुएलालाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो ।    



यस्तै, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडोरलाई पेनाल्टी सुटआउटमा हराएको थियो । अर्जेन्टिनाले अब उपाधिका लागि उरुग्वे र कोलोम्बियाबीचको विजेता टिमको सामना गर्नेछ । उरुग्वे र कोलोम्बियाबीचको सेमिफाइनल खेल बिहीबार बिहान हुने तालिका छ । 

  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया