राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारका लागि संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो २ बजे बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेलगायत विषयमा छलफल हुने शाहीले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार विश्वासको मत लिँदै छन् ।
कांग्रेस–एमालेबीच संविधान संशोधनलगायत विषयमा सहमति भएको छ । राप्रपाले उक्त सहमतिको स्वागत गरिसकेको छ । पछिल्लो गतिविधि हेर्दा राप्रपा पनि आगामी सरकारमा सामेल हुन सक्ने सम्भावना देखिन्छ । त्यसैले उसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सम्भावना कम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।