आज बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ४४ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार तोलामा १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।