logo-img

नेप्से परिसूचक २९.२१ अंकले बढ्याे

बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से १.३४ प्रतिशतले बढेर २२०४.६१ को विन्दुमा पुगेको हो ।

बिहीबार १५४ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको सेयर मूल्य घट्दा १२ को स्थिर छ ।

सबैभन्दा धेरै जीवन बिमा क्षेत्रको समूहगत परिसूचक ३.०६ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ समूहको समूहगत परिसूचक २.४२ प्रतिशतले बढेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र व्यापार क्षेत्रको समूहगत परिसूचक मात्रै घटेको छ ।



बलेफी हाइड्रोपावर लिमिटेडको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ४.५९ प्रतिशतले घटेको छ ।

बिहीबार दुई करोड दुई लाख ३७ हजार ७८० कित्ता सेयर सात अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार करिब ६ महिनायताकै उच्च हो । यसअघि गत माघ ७ गते सात अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।





  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया