logo-img

नेपाल संस्कृत विश्वविद्यालयका भिसीले रजिष्ट्रारलाई साेधे पाँचबुँदे स्पष्टीकरण

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति (भिसी) प्रा.डा. यादवप्रकाश लामिछानेले कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीलाई स्पष्टीकरण साेधेका छन् । 

उपकुलपतिले असार १४ गते कुलसचिवलाई एक साताकाे समय दिएर पाँचबुँदे स्पष्टीकरण साेधेका हुन् । उपकुलपति लामिछानेले विश्वविद्यालयको गोपनीयता भंग गरेकोदेखि आर्थिक अपचलन गरेकोजस्ता आरोप लगाएर कुलसचिव अधिकारीमाथि स्पष्टीकरण साेधेका हुन् ।

कुलसचिव अधिकारीले त्यसको स्पष्टीकरण असार २० गते उपकुलपतिलाई पठाएका थिए । तर, त्यसमा चित्त नबुझेको उपकुलपति लामिछाने फेरि कुलसचिव अधिकारीलाई चित्तबुझ्दो स्पष्टीकरण दिन भन्दै पत्र काटेका थिए । कुलसचिव अधिकारीले त्यसकाे पनि जवाफ पठाएका छन् । 

उपकुलपतिले आत्मालोचना गर्न भने पनि कुलसचिव अधिकारीले गल्ती नै नगरेकाले आत्मालोचना गर्न स्वीकार्य नहुने बताएका छन् । 

उपकुलपति लामिछानेले आफूअनुकूलका कर्मचारी करारमा राख्न खाेज्दा आफूले विरोध गरेपछि त्यसैको प्रतिशोध आफूमाथि साँध्न खोजिएको अधिकारीकाे दाबी छ ।

हाल नेपाल संस्कृत विश्वविद्यालयका सबै पदाधिकारी एमाले समर्थित प्रगतिशील प्राध्यापक संगठनसम्बद्ध छन् । उपकुलपति, शिक्षाध्याक्ष (रेक्टर), कुलसचिव र सेवा आयाेगका अध्यक्ष र सदस्य सबै उपकुलपति लामिछाने प्रगतिशील प्राध्यापक संगठनसम्बद्ध छन् ।



उपकुलपति लामिछाने प्रगतिशील प्राध्यापक संगठनकाे केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । प्रगतिशील प्राध्यापक संगठनकाे आन्तरिक द्वन्द्वका कारण विश्वविद्यालयले राम्राे गति लिन सकेकाे छैन ।  



  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया