logo-img

सुन तस्करी प्रकरण : धरौटी बुझाउन नसकेपछि थप तीनजना कारागार चलान

सुन तस्करी प्रकरणमा धरौटीमा रिहा हुने आदेश पाएका तीनजना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले बुधबार झन्डै ३२ सय किलो सुन तस्करी प्रकरणमा १७ जनालाई पुर्पक्षका लागि थुनामा पठाएर तीनजनासँग भने धरौटी माग गरेको थियो। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासबाट धराैटीमा छुट्ने आदेश पाए पनि धराैटी बुझाउन नसकेपछि उनीहरू कारागार चलान भएका हुन् ।   

जिल्ला अदालतले राजु खत्री भन्ने प्रेमनाथ सेढाईंसँग ‍‍५७ लाख, कान्छा लामा र रूपक भण्डारीसँग ९७/९७ लाख धरौटी माग गरेको थियो। तर, धरौटी बुझाउन नसकेपछि उनीहरूलाई केन्द्रीय कारागारमा चलान भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

सिआइबीले दोस्रो चरणको अनुसन्धानमा २० जनालाई पक्राउ गरी मुद्दा चलाउन सिफारिस गरेको थियो। त्यसअनुसार सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा अदालतमा दर्ता गरेको थियो। 



साे प्रकरणमा सिआइबीले ४६ जनालाई प्रतिवादी बनाएको थियाे । तीमध्ये २० जना मात्रै पक्राउ परेका थिए। पक्राउ परेका सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाड, धिरज दिनेश भोइटे, प्रशान्त गणेश बजबलकर, चिनियाँ नागरिक गेन्जा झाछी, नेपाली नागरिकतामा सोनाम गुरूङ भएको चिनियाँ नागरिक शेराप, राजु पलासे भन्ने राजु खत्री, मनोजराज श्रेष्ठ, बैजनाथ ब्रह्मादत्त गोयल, सुरेन्द्रमान श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको थियो।

अवैध भुक्तानी प्रक्रियामा संलग्नता देखिएका पेवेलका अध्यक्ष भीमप्रसाद तिमल्सिना, सहायक प्रमुख कार्यकारी अधिकृत प्रज्वल आचार्य र लेखा प्रमुख सुरजशम्शेर जबरालाई पनि थुनामा पठाउन आदेश भएको छ।



पेमेन्ट गेटवे सजिलो पे का प्रमुख कार्यकारी अधिकृत काश्यप मानन्धर, सदस्यहरू फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, सुशिला जाकिबन्जा, एजेन्टहरू लालबहादुर कुँवर र अरूण कुमार यादव पनि थुनामा गएका हुन्।

उनीहरूविरुद्ध २ खर्ब ६६ अर्को ६७ करोड ९ लाख ९ हजार ३०८ रूपैयाँको बिगो दाबी गरिएको छ। भन्सार ऐन २०६४, संगठित अपराध निवारण ऐन-२०७०, मुलुकी अपराध संहिता २०७, नागरिकता ऐन २०२०, राहदानी ऐन २०२४, नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम कारबाही सिफारिस भएको थियो।



  • प्रकाशित मिति : असार २७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया