logo-img

आज पनि विभिन्न ठाउँमा हुँदै छ भारीदेखि अति भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

त्यसको प्रभावले शुक्रबार बिहान देशभर साधारणदेखि पूर्णतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका धेरै  स्थानहरूमा साथै कोशी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो पनि देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती,र  गण्डकी  प्रदेशका केही  स्थानहरूमा, लुम्बिनी  प्रदेशको थोरै स्थानहरूमा साथै  सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 



कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक/दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

शुक्रबार राति पनि  देशभर साधारणदेखि पूर्णतया बदली  रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 



  • प्रकाशित मिति : असार २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया