प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् ।
कांग्रेस-एमाले गठबन्धनले स्थितरताका नाममा समावेशी प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्व समाप्त गर्न खोजेको षड्यन्त्रको गन्ध आएको बताए । उनले भने, ‘तपाईँहरूको इच्छा २०४७ साल वरिपरि नै फर्किने होला भन्ने लाग्छ मलाई ।’
उनले प्रश्न गर्दै अगाडि भने, ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।