स्पेनका मिडफिल्डर रोड्रीले युरो कप २०२४ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । स्पेनलाई चौथोपटक युरो उपाधि दिलाउन अहम् भूमिका खेलेका उनले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।
रोड्रीले प्रतियोगिताभर ५२१ मिनेट खेल्दा एक गोल गरे । उनले ४३९ पासको अटेम्पको गर्दा ४११ पास कम्प्लिट गरेका थिए । रोड्रीले प्रतियोगितामा ७ मध्ये ६ खेलमा पहिलो रोजाईँमा खेलेका थिए । उनले फाबियन रुइजसँग सेन्टर मिडफिल्डको जोडी बनाएर खेलेका थिए ।
युइएफएको टेक्निकल अवजर्भर्स टिमले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छनोट गर्दछ । सन् १९९६ बाट प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिँदै आइएको छ ।
जर्मनीको बर्लिनमा सम्पन्न युरो फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउँदै स्पेनले चौथोपटक उपाधि जित्यो । ऊ अपराजित रहेर च्याम्पियन बनेको हो । स्पेनलाई प्रतियोगितामा सातवटै खेल जिताउन रोड्रीको प्रदर्शन प्रेरणादायी रह्यो ।
यस्तै, युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनका युवा स्टार लामिन यामलले जिते । यस प्रतियोगितामा उनले एक गोल गर्नुका साथै चार असिस्ट प्रदान गरे । यमल युरो कप २०२४ मा सर्वाधिक असिस्ट गर्ने खेलाडी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।